४ आश्विन २०८३, आइतबार | September 20, 2026

बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने



काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा बिहीबार पनि निषेधाज्ञा जारी राखेको छ । सेनाले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुने जनाएको छ ।

यद्यपि, अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र आवतजावत गर्न अनुमति दिइनेछ ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहनेछ ।

निषेधाज्ञा र कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ७ : ३३ बजे

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना