२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो, भदौ मसान्तसम्मका लागि आदेश जारी



काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गत बैशाखदेखि लगाईंदै आएको निषेधा काठमाडौंमा हटेको छ । विभिन्न स्वरुप परिवर्तन गर्दै पाँच महिनादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईंदै आएको छ ।

काठमाडौं जिल्ला प्रशासनले बुधबार एक आदेश जारी गरी भदौ मसान्तसम्म के गर्न हुने र के गर्न नहुने भन्ने जानकारी गराएको छ । यसअघि निषेधाज्ञा शब्द प्रयोग हुँदै आएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्डहरू पालना गरेर गर्न सक्ने कामबारे जानकारी गराएको छ ।

यसअवधिमा भौतिक उपस्थितमा पठनपाठन गराउनैपर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न अनुमति मिल्ने भएको छ । यस्तै, पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू नियमित सञ्चालन गर्न पाइने भएको छ।

तोकिएको सीमाभित्र रहेर ढुवानी गर्न पाइने छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजेसम्म गर्न पाइनेछ। यस्तै बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी गर्न पाइनेछ ।

प्रशासनले अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई भने प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  २ : ५८ बजे

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली