१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने’



काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेट अनुसार स्वरोजगारमुखी बनाइने बताए ।

यस आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ ।

विश्वकर्माले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिए । “विकास र समृद्धिको मेरुदण्ड युवा भएकाले ति युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उनले भने, “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ, मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”

मन्त्री विश्वकर्माले कोरोना भाइरस ९कोभिड–१९०का कारणले युवालाई स्वरोजगार बनाउने काम सूचारु हुन नसकेको भन्दै कोभिड–१९ को सामान्य अवस्था आउने बित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राखे। उनले कोभिड–१९ को कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले ति युवालाई स्वरोजगार बनाउने चुनौति रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। ढुंगेलले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने दाबी गरे ।

उनले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताए । उनले सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने जनाए ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताए। यसका लागि कोषले १९ अर्ब बजेट विनियोजन गरेको उनले जानकारी दिए । उनले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने बताए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताए ।

अधिकारीले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गरे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेस्फुन)का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताए । उनले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिए ।

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा. कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताए। उनले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताए । उनले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाए । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ३७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले