११ बैशाख २०८१, मंगलबार | April 24, 2024

ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग



बुटवल । बाढी पहिरोको प्रकोपमा परेको बागलुङको ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ ।

बढी पीडित परिवारको राहतका लागि बैंकले नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयां सहयोग गरेको हो । बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र बैंकको बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेलले सोमबार बुर्तिबाङमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई डेढ लाख रुपैयांको चेक प्रदान गरेका छन् ।

चेक बुझ्दै ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले बाढीका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खांचो रहेको बताए । बैंकका अध्यक्ष श्रेष्ठले बाढीपीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताए ।

यसअघि बैंकले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको र प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

गत बुधबार राति ढोरपाटन शिकार आरक्ष्य क्षेत्रको देउराली पहाड पहिरोले खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना वेपत्ता रहेका छन् ।

प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा गरी बैंकका ७० वटा शाखा रहेका शाइन रेसुङ्गा प्रदेश ५ को एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ५३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना