४ पुस २०८२, शुक्रबार | December 19, 2025

लागूऔषध र सट्टेबाजीको अभियोगमा ६ जना पक्राउ



चितवन । सट्टेबाजी र लागू औषधको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले ६ जनालाई पक्राउ गरेको छ ।

सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार र लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं.२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन् । भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् ।

उनीहरुलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । उनीहरुबाट नगद रू.१ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलवरामद गरीएको थापाले जानकारी दिए ।

यसै गरी प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं।२ का २५ वर्षाीय किशोर शाह र स्याङजा गल्याङ नगरपालिका वडा नं।१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षका राजेश बस्याल छन् ।

उनीहरुलाई आइतबार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ९ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको