१९ बैशाख २०८१, बुधबार | May 2, 2024

चितुवाका चार बच्चा एकै ठाउँमा भेटिए



लमजुङ । पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन् ।

सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका- २ किरेपानी सामुदायिक वन नजिकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन् । स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो ।

खबरलगत्तै सबडिभिजन कार्यालयले बेँसीशहर सबडिभिजन वन कार्यालयलाई खबर गरेर उक्त स्थानमा प्रमुख नारायणप्रसाद कोइरालालगायतको टोली पठाएको डिभिजन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए । साना भर्खरै जन्मिएका बच्चाहरू रहेको उनले बताए ।

यस क्षेत्र वरिपरि मानिसको बस्ती नरहेको र जङ्गल रहेकाले मानिसलाई त्यति खतरा नरहेको र बच्चाको माउ आएर बच्चा लैजाने भएकाले सोही स्थानमा केही नगरी उक्त टोली फर्किएको छ । चितुवाका बच्चा भालेले मारिदिने र पोथीले विभिन्न स्थानमा सार्दैसार्दै हुर्काउने भएकाले सो स्थानमा ल्याएको हुन सक्ने जनाइएको छ । टोली मङ्गलबार पनि त्यहाँ अनुगमन गर्न जानेछ ।

लमजुङमा अन्य जिल्लाका तुलनामा चितुवाले मानिसलाई आक्रमण गरेको घटना निकै कम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । यही महिनाको पहिलो सातातिर बेँसीशहर नगरपालिका- ९ साम्दीका एक बासिन्दालाई चितुवाले आक्रमण गरेको थियो ।

त्यस्तै गत वर्ष बेँसीशहर- २ नवरुवालमा समेत चितुवाले आक्रमण गरेको थियो । मानिसलाई कम आक्रमण गरे पनि पशुचौपायालाई भने बेला बेला आक्रमण गर्दै मार्ने गरेको उक्त कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : ४७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी