१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सर्वत्र विरोधपछि पूर्वपश्चिम रेलमार्गको काकडभिट्टा-इनरुवा खण्ड ठेक्का रद्द



काठमाडौं । व्यापक आलोचना भएपछि सरकारले पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा इनरुवा खण्डको ठेक्का रद्द गरेको छ ।

मंगलबार सडक रेल विभागले सूचना प्रकाशित गरी ठेक्का रद्द गरेको जनाएको छ ।

विभागको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना प्रकाशित गरी विवादित ठेक्का गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

विभागले जग्गाको मुआब्जा वितरण टुंगा नलाग्दै ५४ वटा प्याकेजमा ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

जसमा १०६ किलोमिटर रेलमार्ग बनाउन विभागले १८ वटा पहिल्यै तय गरिएका कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ठेक्का आह्वान गरेको थियो । यो ठेक्का केवल औपचारिकताका लागि मात्र आह्वान गरिएको भन्दै चर्को आलोचना भएको थियो ।

मूल्यांकन प्रक्रियामा रहेको भनिएको टेन्डरलाई मल्यांकन समितिले तत्काल सकार्न नसकिने राय दिएको थियो । कोरोना महामारी र जग्गा प्राप्ति तथा साइट क्लियरेन्ट तत्कालै हुन नसक्ने निस्कर्ष मल्यांकन समितिले निकालेको थियो । त्यसपछि ठेक्का रद्द गरिएको रेल विभाग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १० : १२ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार