२१ भदौ २०८३, आइतबार | September 7, 2026

सर्वत्र विरोधपछि पूर्वपश्चिम रेलमार्गको काकडभिट्टा-इनरुवा खण्ड ठेक्का रद्द



काठमाडौं । व्यापक आलोचना भएपछि सरकारले पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा इनरुवा खण्डको ठेक्का रद्द गरेको छ ।

मंगलबार सडक रेल विभागले सूचना प्रकाशित गरी ठेक्का रद्द गरेको जनाएको छ ।

विभागको रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना प्रकाशित गरी विवादित ठेक्का गरी रेलमार्गको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

विभागले जग्गाको मुआब्जा वितरण टुंगा नलाग्दै ५४ वटा प्याकेजमा ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

जसमा १०६ किलोमिटर रेलमार्ग बनाउन विभागले १८ वटा पहिल्यै तय गरिएका कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ठेक्का आह्वान गरेको थियो । यो ठेक्का केवल औपचारिकताका लागि मात्र आह्वान गरिएको भन्दै चर्को आलोचना भएको थियो ।

मूल्यांकन प्रक्रियामा रहेको भनिएको टेन्डरलाई मल्यांकन समितिले तत्काल सकार्न नसकिने राय दिएको थियो । कोरोना महामारी र जग्गा प्राप्ति तथा साइट क्लियरेन्ट तत्कालै हुन नसक्ने निस्कर्ष मल्यांकन समितिले निकालेको थियो । त्यसपछि ठेक्का रद्द गरिएको रेल विभाग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १० : १२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त