२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

विकिलिक्स संस्थापक असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – वेलायती न्यायाधीश



लन्डन । वेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उनका वकिलले गरेको अनुरोधलाई अस्वीकार गरेकाछन् ।

अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिका सुपुर्दगी गराउन चाहेको छ ।

हाल वेलायतमा प्रहरी हिरासतमा रहेका असान्जलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने बारेमा महिनौंदेखि अदालतमा बहस जारी छ ।

असान्जमाथि अमेरिकामा गुप्तचर सम्बन्धी १८ वटा मुद्दा लागेका छन् । साथै विकिलिक्समाथि अमेरिकी सेनाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप पनि छ । यदि असान्जमाथिका आरोपमा दोषी ठहरिए उनीमाथि १७५ वर्षको जेलसजाय हुनेछ ।

असान्जका वकिलहरुले उनीमाथिका आरोपहरु राजनीतिक प्रेरित र शक्तिको दुरुपयोग रहेको बताएका छन् । असान्जको मुद्दामा उहाँलाई दोषी ठहर गरिए विश्वभर प्रेस स्वतन्त्रता संकटमा पर्ने र पत्रकारहरुमाथि जोखिम बढ्ने भन्दै बहसहरु भइरहेका छन् ।

कोरोनाभाइरस महामारीका कारण अदालतको सुनुवाई महिनौंदेखि रोकिएको छ ।

बेलायती कारागारमा १६ महिना बिताइसकेका असान्जलाई सुनुवाईका क्रममा ओल्ड बेली फौजदारी अदालतमा उपस्थित गराइएको थियो । अदालतमा उनले अमेरिकी सुपुर्दगीको मागलाई अस्वीकार गरेका थिए । असान्जका वकीलहरुले उहाँ शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेको जिकिर गरेका थिए ।

अमेरिकी अधिकारीहरुले असान्जले अमेरिकी सैनिक गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई प्रयोग गरेर पेन्टागनको कम्प्युटर ह्याक गरेको दाबी गरेका छन् ।

असान्जका वकिलहरुले अमेरिकी संविधानको “प्रथम संशोधन” का आधारमा उनलाई संरक्षण प्राप्त हुनुपर्ने जिकिर गरेका छन् । उनीहरुको भनाईमा विकिलिक्समार्फत सार्वजनिक दस्तावेजले अमेरिकी सैनिकका गलत कार्यहरुको भण्डाफोर गरेको थियो ।

विकिलिक्सले सार्वजनिक गरेको फाइलमध्ये सन् २००७ को एउटा भिडियो पनि समावेश छ, जसमा बग्दादमा अमेरिकी सेनाले अपाचे हेलिकप्टरबाट गरेको आक्रमणबाट दुई जना रोयटर्सका पत्रकार समेत ११ जना निर्दोश व्यक्तिको मृत्यु भएको देखिएको छ ।

पत्रकारहरुका संघसंस्था एवं मानव अधिकार समूहहरुले सुपुर्दगीको अनुरोधलाई अस्वीकार गर्न बेलायत सरकार समक्ष आग्रह गरेका छन् । एम्नेस्टी इन्टरनेसनलले अमेरिकी अधिकारीहरुका नकारात्मक अभियानबाट असान्जलाई प्रताडित गर्न खोजिएको बताएको छ ।

न्यायाधीशले अक्टोबरको सुरुमै फैसला सुनाउने सम्भावना छ । तर मुद्दा हार्ने पक्षले पुनरावेदन गर्न पाउने भएकाले पनि यो मुद्दा अझै केही समय लम्बिने छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १२ : ३४ बजे

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा

गण्डकी सरकारका पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङेलाई

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि

भेरी अस्पतालमा सिकनसेल एनिमियाको छुट्टै वार्ड स्थापना गरिने

काठमाडौं । नेपालगन्ज स्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाको उपचारका लागि

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : एक सय ६२ सडक मानवको उद्धार

बागलुङ । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको