२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

मंगलबार ९०२ जना संक्रमित थपिए, २ हजार २८७ घर फर्किए, काठमाडौमा थपिए ३०० जना



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९०२ जना संक्रमित थपिएका छन् । तर, सन्तोष मान्ने कुरा संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या निरन्तर बढ्दो छ ।

मंगलबार ९०२ जना संक्रमित थपिँदा २ हजार २८७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

हालसम्म देशभर संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । ३२ हजार ९६४ जना संक्रमित घर फर्किका छन् । यो कुल संक्रमितको ६८ दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

आज पनि काठमाडौमा ३०० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौमा १०१ महिला र १९९ पुरुषमा संक्रमिण पुष्टि भएको छ । उपत्यकाको भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मुलुकमा ६ जनाको निधन भएको छ । मन्त्रालयको तथ्याँक अनुसार सुनसरीमा १, पर्सामा २, काठमाडौंमा १ र कपिलवस्तुमा १ जनाको निधन भएको छ ।

आईसीयमा १४४ जना संक्रमित उपचाररत छन् भने भेन्टिलेटरमा २३ जना रहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ४ : २७ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले