१ चैत्र २०८२, आइतबार | March 15, 2026

जुरिच इन्टरनेशनलसँग निजगढ एयरपोर्टको परियोजना प्रस्ताव सेप्टेम्बर ३० सम्म लिने निर्णय



काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणपूर्वको प्रारम्भिक कामलाई तिब्रता दिइएको छ ।

हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । त्यस क्षेत्रमा नदी नियन्त्रणका कामले पनि तिब्रता लिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश भट्टराईको अध्यक्षतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थल निर्माण प्रगतिबारे जानकारी गराइएको हो ।

बैठकले आउदो मंसिर मसान्तभित्र रुख तथा पोलहरुको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रकृयाका बाँकी कार्यहरु आगामी हप्ता दिन भित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निेर्देशन समेत दिएको छ ।

यस्तै, लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनौट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताब अन्तिम निर्णय लिने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ६ : २१ बजे

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय