५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना संक्रमणबाट पोखरामा थप एक जना महिलाको मृत्यु



पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक जना महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १० निवासी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गत भाद्र २२ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड (१९ उपचार केन्द्रको आइसीयु कक्षमा उपचाररत ती महिलाको मंगलबार दिउँसो ३स्५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए ।

उनी बिरामी भएपछि पोखराकै मेडिप्लस अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण भएको आशंकामा अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएको थियो ।

कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ८ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं