१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रतिको मृत्यु भएको छ ।

नवलपरासीको देवचुली नगरपालिका-१ का ६४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि खोकीसहित स्वासप्रस्वासमा समस्या भई १९ भदौमा भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज साँझ ५:३० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि मिर्गौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

योसँगै भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । एकजना वृद्धाको घरमा नै मृत्यु भएको थियो ।

चितवनका १२, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३, बारा, गोर्खा र कैलालीका १र१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ४९ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु