७ आश्विन २०८३, बुधबार | September 23, 2026

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रतिको मृत्यु भएको छ ।

नवलपरासीको देवचुली नगरपालिका-१ का ६४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि खोकीसहित स्वासप्रस्वासमा समस्या भई १९ भदौमा भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज साँझ ५:३० बजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि मिर्गौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

योसँगै भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । एकजना वृद्धाको घरमा नै मृत्यु भएको थियो ।

चितवनका १२, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३, बारा, गोर्खा र कैलालीका १र१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ८ : ४९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११