१८ भदौ २०८३, बिहिबार | September 3, 2026

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन



रोल्पा । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन्।

प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पुनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

घिसिङको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।

“कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन”, मन्त्री पुनले भने ।

यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायत विषयमा सरोकारवालासँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १ : १५ बजे

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा

महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ

अवस्था असहज : खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

कांकडभिट्टामा गोप्रो क्यामेरा जडान

झापा । नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो