१२ बैशाख २०८१, बुधबार | April 24, 2024

वर्षमानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?



रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।

पुनले अदालतले संविधानको मर्म, भावना र अक्षरका आधारमा न्यायोचित फैसला गर्ने उल्लेख गरे । संसद विघटनलाई ओली समूहबाहेक सबै राजनीति दल, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानूनविद, नागरिक अगुवा, सामाजिक अभियन्ता र सार्वजनिक सञ्चार माध्यम सबैले असंवैधानिक भनेकाले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको उनकोे भनाइ थियो ।

प्रधानमन्त्री केपी ओली र उनको समूहका मानिसहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिंडेको भन्दै त्यसमा सचेत रहन अदालतलाई आग्रह गरे । यदि चर्चा गरिएजस्तै सेटिङ भएको भए त्यसको प्रतिवाद गरिने चेतावनी उनले दिए । ‘हामीलाई विश्सास छ, संविधानको अक्षर र भावनाअनुसार फैसला आउनेछ ।

हामी सर्वोच्चको फैसलालाई सम्मान गर्छौ र स्वीकार पनि गर्छौ’, गृहजिल्ला रोल्पाको सुलीचौरमा संसद विघटनविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै पुनले भने, ‘तर, केपी ओली र त्यो प्रवृत्तिका मान्छेले सेटिङका कुरा गरेका छन् । सेटिङ जहिले पनि अलोकतान्त्रि, षड्यन्त्रकारी र जनविरोधी होन्छ, त्यस्ता सेटिङको हामी सडकमा भण्डाफोर गर्छौं ।

आमजनता उतारेर प्रतिवाद गर्छौं ।’ उनले सर्वोच्च र न्यायमुर्तिहरु सेटिङमा चल्न नहुने जनअदालतको भावना रहेको उल्लेख गरे । संविधान निर्माण गर्दा कार्यपालिका, न्यापालिका र व्यवस्थापिकाको आ–आफ्नै कार्यक्षेत्र र स्वतन्त्रताको ग्यारेण्टी गरिएको भन्दै कार्यकारीले न्यायालयको क्षेत्राधिकारमा हस्तक्षेप गरे न्याय मर्ने बताए । सरकारसँग आफूले भनेको नमान्नेलाई ठीक पार्न सेना प्रहरी हुने भए पनि अदालतसँग विश्वास मात्र हुने पुनको भनाइ थियो । ‘सरकारले आफूले भनेको नमान्नेलाई बल प्रष्योग गरेर दबाउन सेना ।

प्रहरीको प्रयोग गर्न सक्छ’, उनले भने, ‘अलदालसँग न सेना हुन्छ, न प्रहरी । केबल विश्वास हुन्छ । हामी चाहन्छौं न्यायालयमाथिको विश्वास नमरोस् ।’ यस्तै निर्वाचन आयोगले पनि ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेकपालाई वैधता दिने र सूर्य चिन्ह पनि आफूहरुले पाउने विश्वास उनले व्यक्त गरे ।

‘७० प्रतिशत केन्द्रीय सदस्यको समर्थन रहेको प्रचण्ड–नेपालले नेतृत्व गर्नुभएको पार्टी नै आधिकारिक हो, सूर्य चुनाव चिन्ह पनि उसकै हो’, पुनले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्णय गर्दा संवैधानिक आयोगको मर्यादा राख्नुपर्छ, अन्यथा जनताको अदालतले फैसला गर्छ ।
आफ्नो रगत पसिनाबाट प्राप्त लोकतन्त्र जोगाउन जनता सक्षम छन् ।’ पुनले जनताले चुनावी घोषणपत्रमा गरिएको प्रतिबद्धतामा विश्वास गरेर जनताले राजनीतिक स्थायित्व, विकास, समृद्धि, र सुशासनका लागि नेकपालाई झण्डै दुई तिहाई मत दिए पनि प्रधानमन्त्री ओलीले जनमतमाथि विश्वासघात गरेको टिप्पणी गरे ।

ओली सरकारमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीका रुपमा समेत काम गर्नुभएका नेता पुनले पार्टीभित्रबाट सरकार सञ्चालनमा कुनै अवरोध सिर्जना नगरिएको स्पष्ट गरे । ‘सरकारको कुनै नीति कार्यक्रम, बजेट र विधेयक असफल भएको छैन’, पुनले भने ‘उनले कसरी सरकार चलाउन पार्टीले असहयोग ग¥यो, संसदले असहयोग ग¥यो भनेका छन् ?’ तर, प्रधानमन्त्रीको ध्यान विकास र सुशासनका मुद्दामा नभएको, वरिपरिका मानिसहरु भ्रष्टाचारमा मुछिएको, भ्रष्टाचारी आरोप लागेहरुहरुलाई अदालत र सर्वोच्चको छानबिन प्रभावित गर्ने गरी राजनीतिक सफाई दिएको, पार्टीले समाजवादतिर जाने कुरा गरे पनि दलाल पुँजिवादलाई प्रात्साहित गरेको तथा वैदेशिक सम्बन्ध सञ्चालनका क्रममा सन्तुलित नभई कहिले उत्तर, कहिले दक्षिण र कहिले पश्चिम फर्कने ओलीको तरिकाको भने पार्टी नेताहरुले विरोध गरेको पुनले बताए ।

संसद भंग गर्ने ओलीको असंवैधानिक, अलोकतिान्त्रि कनिरंकुश र प्रतिगामी कदमले संविधान हुँदै नेपाली जनताको ७० वर्ष लामो त्याग, तपश्या र बलिदानबाट प्राप्त व्यवस्था नै भंग हुने दिशातर्फ उन्मुख भएको उहाँको टिप्पणी छ । यस्तै ओलीले भर्खरै हुर्कंदै गरेको संघीयताको विरुवा उखेल्ने षड्यन्त्र गरिरहेको भन्दै पुनले ओलीले प्रदेश भंग गर्ने धम्की दिँदै हिंडेको बताए ।

नेकपाको मुलधार प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपा रहेको र ओलीको नेतृत्वमा सानो गुट चोइटिएर गएको भन्दै उनले विचार, राजनीति र निष्ठा नभएको ओली समूहको भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरे ।

 

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ७ : ३३ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना