४ श्रावण २०८२, आइतबार | July 20, 2025

एनआईसी एशिया बैंकले ल्यायो ‘एनआईसी एशिया क्विज’ प्रतियोगिता, सही उत्तर दिनेलाई आकर्षक पुरस्कारको वर्षा



काठमाडौं । आफ्ना ग्राहकहरु माझ नयाँ नयाँ योजना ल्याइरहने एनआईसी एशिया बैंकले ‘एनआईसी एसिया क्विज’ योजना सार्वजनिक गरेको छ ।

ग्राहक तथा अन्य व्यक्तिहरु बैंकको भाइवर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

जसअनुसार २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ ।

सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने र जति धेरै सही जवाफ आउँछ, त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुनेछ ।

बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

यो योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिनेछ । त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यासुदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ ।

साथै सबै प्रश्नहरूको सही जवाफ दिने ५ जना भाग्यशालीलाई एलजीको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५ सय रुपैयाँ बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिनेछ ।

भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले Viber App  खोली सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Quiz योजनामा सहभागिता जनाउन सक्नुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था छ ।

एनआईसी एशिया बैंक ३२६ शाखा कार्यालयहरु भएको नेपालकै ठूलो बैंक हो । बैंकले ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकका २२ लाख ग्राहक रहेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ३ : १० बजे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ