६ श्रावण २०८३, बुधबार | July 23, 2026

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च



सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उच्च अदालत सुर्खेत तथा मातहतका जिल्ला अदालतको आर्थिक वर्ष २०८२/८३ मा भए गरेका काम कारबाहीको वार्षिक प्रगति विवरण आज वीरेन्द्रनगरमा सार्वजनिक गर्दै उक्त अदालतले जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या सबैभन्दा बढी रहेको बताएको हो । अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आव २०८२/८३ मा कूल ९१५ मध्ये १६९ (१८ दशमलव ४६ प्रतिशत) मुद्दा जबरजस्तीकरणीका रहेको जानकारी दिए ।

लागुऔषधका १२०, रिट ७९, ज्यान मार्ने उद्योग ७७, कर्तव्य ज्यान ६२, सवारी ज्यान ३५, जबरजस्तीकरणी उद्योग २६, अंशवण्डा २५ र अन्य प्रकृतिका देवानी तथा फौजदारी मुद्दा ३२२ रहेको उनले बताए । यसरी जबरजस्तीकरणीका मुद्दा बढ्नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकारात्मक प्रभाव नै रहेको बताउँदै मुख्य न्यायाधीश भण्डारीले कूल मुद्दामा ७५५ फछ्र्योट र १६० बाँकी रहेको जनाए ।

उनका अनुसार तीन आर्थिक वर्षमा मुद्दाको लगत तुलना गर्दा पछिल्लो समयमा वृद्धि हुँदै गएको छ । आव २०८०/८१, २०८१/८२ र २०८२/८३ सम्मको तीन वर्षको अवधिमा जाजरकोट जिल्ला अदालतमा क्रमशः ३४२, ४११, ४१९, दैलेख जिल्ला अदालतमा ४६२, ५३३ र ५४४, रुकुमपश्चिम जिल्ला अदालतमा ६२०, ६७९ र ७८१, सल्यान जिल्ला अदालतमा ७२४, ७३१ र ८०९, सुर्खेत जिल्ला अदालतमा दुई अजार ७१६, दुई हजार ९१२ र तीन हजार १४६ मुद्दा सङ्ख्या रहेको छ ।

उच्च अदालत सुर्खेतमा भने २०८०/८१ मा ९१६, ०८१/०८२ मा ८३२ र ०८२/०८३ मा ९१५ मुद्दा सङ्ख्या रहेको छ । आव २०८२/८३ को कार्य प्रगतिलाई हेर्दा उच्च अदालत सुर्खेतले ८२ दशमलव ५, जाजरकोटले ८९ दशमलव ४, दैलेखले ७९ दशमलव ८, रुकुमपश्चिमले ७१ दशमलव २, सल्यानले ७३ दशमलव ४ र सुर्खेत जिल्ला अदालतले ६३ दशमलव २ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएको उच्च अदालत सुर्खेतका निमित्त रजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  १० : १० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क