३ पुस २०८२, बिहिबार | December 18, 2025

फ्रान्सेली राफेल लडाकू बिमान भारतीय वायुसेनामा



नयाँदिल्ली । भारत सरकारले खरिद गरेका फ्रान्समा निर्मित पाँचवटा राफेल लडाकू बिमान भारतीय वायुसेनामा बिहीबारदेखि समाहित भएका छन् ।

चीनसँगको सीमा क्षेत्रमा तनाब बढिरहेको अवस्थामा नयाँ लडाकू बिमान भारतीय वायुसेनामा प्रवेश गराइएको छ ।

भारतले चीनसँगको सीमा क्षेत्र लद्दाखमा सैन्य तनाब बढेसँगै ठूलो संख्यामा लडाकू बिमान, हातहतियार र सैनिक परिचालन गरेको छ । गत जुन १५ मा यही क्षेत्रमा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

अम्बालास्थित हवाई अखडामा आयोजित समारोहमा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतीय सीमा क्षेत्रमा तनाब भइरहेको अवस्थामा नयाँ लडाकू बिमानले भारतीय सेनाको मनोबल थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।

चीनबाहेक भारत र पाकिस्तानबीच पनि काश्मिर विषयलाई लिएर सीमा क्षेत्रमा तनाबको स्थिति रहँदै आएको छ ।

राफेल बिमान खरिद गर्ने सम्बन्धमा भारत र फ्रान्सबीच सन् २०१६ मा ८ अर्ब ७८ करोड डलरको एक सम्झौता भएको थियो । सम्झौता बमोजिम फ्रान्सले सन् २०२२ भित्रमा ३६ वटा राफेल बिमान हस्तान्तरण गर्नु पर्नेछ ।

बिमान हस्तान्तरण समारोहमा बोल्दै फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले फ्रान्सेली बिमानहरु माली र सिरियाजस्ता युद्धग्रस्त क्षेत्रमा परिचालन गरिएका र त्यसले निकै राम्रो नतिजा दिएको बताए ।

हालसम्म रुसी लडाकू बिमानमा निर्भर रहेको भारतमा अब फ्रान्सेली राफेल बिमान पनि उपलब्ध भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ३ : ५९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका