२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, बिहीबार थपिए १२ सय ४६ जना



काठमाडौं । नेपालमा निरन्तर उकालो लाग्दो क्रममा रहेको कोरोना भाइरसका संक्रमितको संख्या ५० हजार नाघेको छ ।

बिहीबार १२ सय २६ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या ५० हजार नाघेको हो ।

११ हजार १ ४४ पीसीआर परीक्षणमा १२ सय ४६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या बिहीबार १४ हजार ४४८ रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार १० रहेको छ । होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् ।

१६५ जना संक्रमित विभिन्न अस्पतालको आईसीयूमा उपचाररत रहेका छन् । यस्तै २१ जना भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

बिहीबार देशभरबाट १८ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ३७ हजार ७०० जना संक्रमित निको भैसकेका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

संक्रमित थपिने भन्दा संक्रमित निको हुने दर बढेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ४ : २२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले