१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

उपत्यकामा चहलपहल बढ्यो, मापदण्ड उल्लंघन गर्नेलाई कारबाही



काठमाडौं । काठमाडौं उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ ।

निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुरु भएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले दशैँ–तिहार नजिकिँदै गएकाले पनि सवारीको चाप ह्वात्तै बढेको हुनसक्ने बताए । जोर–बिजोरको पालना नगरी चलाइएका एक हजारभन्दा बढी सवारी नियन्त्रणमा लिएको उनले बताए ।

त्यस्तै स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने सवारीमा सवारी यात्रु झार्नेदेखि चालकलाई कारबाही गर्न थालिएको छ । कोरोना सङ्क्रमण महामारी भयावह बन्न सक्ने खतराका कारण कतिपय व्यापार, व्यवसाय र पसलहरू खोल्न तथा सञ्चालन गर्न साताको बार र निश्चित समय तोकिए पनि अधिकांश व्यवसाय खुलेपछि कोरोना सङ्क्रमणको त्रास बढेको छ ।

काठमाडौं उपत्यकाको भित्री बस्ती, टोल र गल्लीका प्रायः सबै किराना पसल तथा व्यवसाय खुलेका छन् । पसल तथा व्यवसाय नियमित रूपमा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको छ ।

निषेधाज्ञा खुकुलो भएको पहिलो दिनमा नै जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशनको पूर्ण पालना भएको देखिँदैन । पसलहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । न्युरोड रञ्जना मलका व्यापारी राजेश गुप्ता पहिलो दिनमा सरसफाइ गर्नुपर्ने भएकाले सतर्कता नअपनाइएको बताउछन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने तथा निर्णयको कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिए ।

विभिन्न निकायबाट बजार अनुगमन भइराखेको भन्दै उनले भने, सञ्चालन गर्न सकिने १९ बुँदे क्रियाकलाप र निषेध गरिएका आठ बुँदे निर्णयविरुद्धका गतिविधि बन्द गरी सङ्क्रमण रोग नियन्त्रण कानुन अनुसार कारबाही हुने छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ६ : ४५ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार