२२ चैत्र २०८२, आइतबार | April 5, 2026

तिलोत्तमाको औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् ।

नगरपालिकाको वडा नं. १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

रोहिणी नदी नजिक झण्डै १९ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी नगरपालिकाले काम अघि बढाएको छ । औद्योगिक ग्रामको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

पहिलो चरणको निर्माण कार्यको लागि रु दुई करोड ५२ लाख बजेटमध्ये रु एक करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ ।

पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डीपीआर अनुसार रोहिणी नदी ड्राइभर्सनको कामसमेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।

नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताए । उप–प्रमुख जगेश्वरदेवी चौधरीले औद्योगिक ग्रामले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताए।

वडाध्यक्ष व्यासमुन थारुले सार्वजनिक जमिन संरक्षणमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गराउन स्थानीयवासीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

सङ्घीय सरकारले ल्याएको ‘एक पालिका ः एक औद्योगिक ग्राम’ को नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको हो । रुपन्देहीको सन्दर्भमा जग्गाको मूल्य अध्यधिक हुँदा उद्योग गर्न चाहनेहरूलाई जग्गा खरिद गरेर उद्योग स्थापना गर्न कठिन छ । बुटवल औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने ठाउँ छैन । प्रादेशिकस्तरको मोतिपुर औद्योगिक क्षेत्र स्थापना गर्ने भनिए पनि त्यसले गति लिन सकेको छैन ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ), विद्युत प्रसारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्थालगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनु पर्छ ।

तिलोत्तमामा निर्माण हुन थालेको औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशय निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १० : ५६ बजे

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले

डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने कानुन बन्दै

काठमाडौं । सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन

करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)बाट

बैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरुहुने

काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ वैशाख १३ दिन ढिला