७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा स्थायी कमिटी बैठक सम्पन्न : सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने, प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने



काठमाडौं । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र प्रचण्डले कार्यकारी भूमिकामा पार्टी चलाउने निर्णय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक सकिएको छ ।

वैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानाकारी दिए ।

सरकार सञ्चालनका लागि सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श लिने निस्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । तर, सरकारको दैनिक कार्यसंचालनमा भने पार्टीको हस्तक्षेप हुनेछैन ।

बैठकले आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशन अनुसार गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

कुनै नीति, विधेयक तयार गर्दा तिनका सैद्धान्तिक पक्षबारे पार्टीका केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गर्ने निष्कर्ष समेत बैठकले गरेको छ।’प्रवक्ता श्रेष्ठले भने ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा थप छलफल गरेर छिट्टै निर्णय गरिने श्रेष्ठले बताए ।

पार्टीको बिबाद चरम उत्सर्गमा पुगेपछि बिवाद समाधान गर्न अध्यक्ष द्वयले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

प्रवक्ता श्रेष्ठका अनुसार कार्यदलललेृ तयार गरेको प्रतिबेदनलाई परिमार्जन गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई बैठकले पारित गरेको छ ।

बैठकले पार्टीका सबै गतिबिधीहरुलाई महाधिवेशन आयोजनामा केन्द्रित हुने निर्णय समेत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ घण्टा बसेको बैठकमा सुरुमा प्रधानमन्त्री ओलीले मन्तब्य राखेर बाहिरिएका थिए ।

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल लगायतल बोलेका थिए।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ४ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई