७ आश्विन २०८३, बुधबार | September 23, 2026

चीन भारतसँगको तनाव कम गर्न चाहन्छ : विदेशमन्त्री वाङ



चिनियाँ विदेश मन्त्री वाङ  यीले  चीन सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ठोस कदम चाल्न इच्छुक रहेको बताएका छन्।

चिनियाँ विदेशमन्त्रीले भारतीय समकक्षी एस जयशंकरसँग गरेको वार्ताको एक दिनपछि यो कुरा भनेका हुन् ।

दुई नेताहरुको बिहीबार रुसको राजधानी मास्कोमा दुईपक्षीय वार्ता भएको थियो । वार्तापछि दुवै विदेशमन्त्रीले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

शुक्रबार रूसी विदेश मन्त्री सर्गेई लाभारोभसँग संयुक्त प्रेस सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्री वाङ यीले एलएसीबाट सेना र बारुद हटाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘भारत र चीनवीच लगातार तनावको बारेमा छलफल भइरहेको छ। मैले यो कुरा भारतीय विदेश मन्त्री एस जयशंकरसँग गरेको थिएँ, हिजो भारतका अन्य सुरक्षा अधिकारीहरूसँग पनि कुराकानी भएको छ।’  उनले भने चीन शान्ति कायम गर्न प्रतिबद्ध छ ।

<चीन वार्तामार्फत समस्या समाधान गर्न तयार छ तर त्यसका लागि सेना, हतियार र बारुद वास्तविक नियन्त्रण रेखाबाट हटाउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : १५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११