२ असार २०८२, सोमबार | June 16, 2025

चीन भारतसँगको तनाव कम गर्न चाहन्छ : विदेशमन्त्री वाङ



चिनियाँ विदेश मन्त्री वाङ  यीले  चीन सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ठोस कदम चाल्न इच्छुक रहेको बताएका छन्।

चिनियाँ विदेशमन्त्रीले भारतीय समकक्षी एस जयशंकरसँग गरेको वार्ताको एक दिनपछि यो कुरा भनेका हुन् ।

दुई नेताहरुको बिहीबार रुसको राजधानी मास्कोमा दुईपक्षीय वार्ता भएको थियो । वार्तापछि दुवै विदेशमन्त्रीले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए ।

शुक्रबार रूसी विदेश मन्त्री सर्गेई लाभारोभसँग संयुक्त प्रेस सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्री वाङ यीले एलएसीबाट सेना र बारुद हटाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘भारत र चीनवीच लगातार तनावको बारेमा छलफल भइरहेको छ। मैले यो कुरा भारतीय विदेश मन्त्री एस जयशंकरसँग गरेको थिएँ, हिजो भारतका अन्य सुरक्षा अधिकारीहरूसँग पनि कुराकानी भएको छ।’  उनले भने चीन शान्ति कायम गर्न प्रतिबद्ध छ ।

<चीन वार्तामार्फत समस्या समाधान गर्न तयार छ तर त्यसका लागि सेना, हतियार र बारुद वास्तविक नियन्त्रण रेखाबाट हटाउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : १५ बजे

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर

आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

काठमाडौं । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ ।