१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

वीरगन्जमा सबै प्रकारका पसल डेढ महिनापछि खुले



वीरगन्ज । डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले ।

कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा वीरगन्ज क्षेत्र र पछि जिल्लाभरिमा नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आर्थिक नगरी वीरगन्जका पसल प्रायः सबै बन्द थिए ।

बजारका पसल सबै खुले पनि त्यसको सुरक्षा सतर्कता भने व्यापारी आफंैले अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पसल खोल्ने सयय पनि बिहान ११ बजेबाट साँझ ४ बजेसम्मका लागि तय भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

तरकारी पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाइने

सागसब्जी र तरकारीका पसल भने हरेक दिन बिहान ५ बजेबाट ८ बजेसम्म मात्र खोल्न पाइने जिल्ला सुरक्षा समितिको निर्णयमा उल्लेख गरिएको छ ।

अरू खाद्यान्न, लत्ता कपडा, हार्डवेयरलगायत सबै प्रकारका पसल भने बिहान ११ बजेबाट साँझ ४ बजेसम्म मात्र खोल्न मिल्ने गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको पत्रमा उल्लेख छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : ०९ बजे

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला