३ पुस २०८२, बिहिबार | December 18, 2025

चितवनमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो



चितवन । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

ती मध्ये १६ जना चितवनका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार शनिबारसम्म जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने सो सङ्ख्या पुगेको । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाको अस्पतालमा मृत्यु भएको हो ।

चितवनका १६ मकवानपुरका ५ , नवलपरासी सुस्ता पूर्वका ३ , गोर्खा र कैलालीका १÷१ जनाको कोरोनाबाट मृत्यु भएको हो । जिल्लाको सबै भन्दा वढी भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ , खैरहनीमा र राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

एक जना वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमा नै मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ४३ पुगेको छ । ती मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन् ।

सङ्क्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आजसम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उनले जानकारी दिए । यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६ र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ ।

सङ्क्रमित मध्ये हाल सम्म २ सय ९९ जना निको भएर घर फर्किसकेका उनले जानकारी दिए । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन् । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हालसम्म २३ हजार १ सय ३० जनाको परीक्षण गरिएको छ ।

ती मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य बाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालले हालसम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्किएका छन् । हाल ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ६ : ०९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको