२२ भदौ २०८३, सोमबार | September 7, 2026

निजी विद्यालयले जस्तै सामुदायिक विद्यालयले पनि कोरोनाको बहानामा शिक्षक निकाल्दै



गुल्मी । कोरोनाको बहानामा निजी विद्यालयले मात्र होईन सामुदायिक बिद्यालयहरुले पनि चित्त नबुझेका शिक्षक कर्मचारी निश्काशन गर्ने अवसर पाएका छन् ।

निजी विद्यालयमा काम गर्ने धेरै शिक्षक र कर्मचारीको जागीर चैट भएको खबर आईरहँदा गुल्मीको एउटा पुरानो विद्यालयले पनि बषौंदेखि पढाउंदै आएका शिक्षकलाई अवकास दिने निर्णय गरेको छ ।

गुल्मी छत्रकोट १ हुंगाको पुरानो जन जागृति मा.बिमा कार्यरत ६ जना शिक्षक तथा कर्मचारीको असोज महिनाबाट जागिर खोसिने भएको छ ।

विद्यालय ब्यवस्थापन समिति र विद्यालय अभिभावक संघको बैठकले उनीहरुलाई असोज देखि अवकाश दिने निर्णय गरेपछि विद्यालयमा बषौंदेखि काम गर्दै आएका ६ जना कोरोना भाइरसका शिकार हुने भएका हुन् ।

विद्यालयको निर्णयले १३ वर्ष देखि शिक्षण पेशा अपनाईरहेका जीवन भण्डारी, ७ वर्ष देखि कार्यरत धनकला भट्टराई(गिता भण्डारी), २ वर्ष देखि कार्यरत अस्मिता परियार, १ वर्ष देखि कार्यरत रमेश परियार र कमानसिंह बस्नेत र ४ वर्ष देखि कार्यरत कार्यालय सहायक तलसा भण्डारीले असोज महिनादेखि अवकाश पाउने भएका छन् ।

विद्यालय ब्यवस्थापन समितिले साउन र भाद्रको समेत ५० प्रतिशत मात्र तलव दिने र असोजमा अवकाश दिने गरि निर्णय गरेको छ ।

विद्यालयको आयश्रोत हुँदाहुँदैपनि कोभिड १९ को बहानामा विद्यालयले आफुहरुलाई हटाउन खोजिएको शिक्षक जिवन भण्डारीले खबरकुरालाई बताए ।

विद्यालयको भाद्र २६ गते बसेको ब्यवस्थापन समिति र विद्यालय अभिभावक संघको बैठकले निजी श्रोतबाट तलव खाने सबैलाई एकमुष्ठ हटाउने निर्णय गरेको थियो ।

विद्यालयसंग अहिलेपनि १ करोड बढी बैंक ब्यालेन्स र स्थानीय बन र केहि पाखाबारीबाट नियमित आम्दानी आउने गरेको स्थानीयले बताएका छन् । विद्यालयले केहि वर्ष पहिले गरेको स्वर्ण महोत्सवबाट करोड बढीको आम्दानी गरेको थियो ।

शिक्षक कर्मचारी अवकाश सम्बन्धमा बुझ्न विद्यालयका प्रधानाध्यापक कमला भण्डारीलाई सम्पर्क गर्न खोज्दा भण्डारीको मोबाईल उठेन ।

जोखिमका बेला आफु कार्यरत संस्थाले संरक्षण गर्नुपर्ने बेला अवकासको निर्णय गरिएबाट आफुहरु अन्यायमा परेको निजी श्रोतबाट कार्यरत शिक्षक कर्मचारीहरुले बताएका छन् ।

हुंगाको जन जागृति माबीमा कमला भण्डारी प्रधानाध्यापक छिन् भने उनका श्रीमान विद्यालय ब्यवस्थापन समितिको सदस्य छन् ।

कोरोनाका कारण पठनपाठन सुचारु हुने अवस्था नदेखिएको अवस्थामा शिक्षक र कर्मचारीलाई बेतलबी बिदामा राख्न सकिने अवस्था रहँदा रहँदै पनि अवकासको निर्णय गर्नु गलत भएको छत्रकोट १ का वडा अध्यक्ष धातानन्द भण्डारीले बताए । कक्षा संचालन नहुँदा भुक्तानी गर्न नपर्ने अवस्था रहेर पनि विद्यालयले गलत निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १० : १८ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा