२८ असार २०८३, आइतबार | July 12, 2026

भारत सरकारबाट पाँच जिल्लाका बाढीपहिरो पीडितलाई टेन्ट र त्रिपाल सहयोग



काठमाडौं । छिमेकी मित्रराष्ट्र भारत सरकारले नेपालका पाँच जिल्लाका लागि टेन्ट तथा त्रिपाल लगायतका राहत सामाग्री सहयोग गरेको छ ।

भारतीय राजदूताबासका नियोग उपप्रमुख नामग्य सीखम्पाले आइतबार नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई ती सामग्री हस्तान्तरण गरेकी छिन् ।

भारतद्वारा सहयोग गरिएका उक्त राहत सामग्री पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित प्रभावित परिवारलाई वितरण गरिनेछ ।

स्थानीय सरकारसँग समन्वय गरी कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका बाढी तथा पहिरोपीडितलाई नेपाल–भारत महिला मैत्री समाजले यी सामाग्री वितरण गर्नेछ ।

प्रदेश नम्बर २, ३, ५ र ७ का यी पाँच जिल्लामा यसपटक बाढी पहिरोले निकै क्षति पुर्याएको छ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत यो राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ३ : ५९ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै