८ बैशाख २०८१, शनिबार | April 20, 2024

भारत सरकारबाट पाँच जिल्लाका बाढीपहिरो पीडितलाई टेन्ट र त्रिपाल सहयोग



काठमाडौं । छिमेकी मित्रराष्ट्र भारत सरकारले नेपालका पाँच जिल्लाका लागि टेन्ट तथा त्रिपाल लगायतका राहत सामाग्री सहयोग गरेको छ ।

भारतीय राजदूताबासका नियोग उपप्रमुख नामग्य सीखम्पाले आइतबार नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई ती सामग्री हस्तान्तरण गरेकी छिन् ।

भारतद्वारा सहयोग गरिएका उक्त राहत सामग्री पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित प्रभावित परिवारलाई वितरण गरिनेछ ।

स्थानीय सरकारसँग समन्वय गरी कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका बाढी तथा पहिरोपीडितलाई नेपाल–भारत महिला मैत्री समाजले यी सामाग्री वितरण गर्नेछ ।

प्रदेश नम्बर २, ३, ५ र ७ का यी पाँच जिल्लामा यसपटक बाढी पहिरोले निकै क्षति पुर्याएको छ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत यो राहत सामग्री नेपाललाई वितरण गरिएको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ३ : ५९ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन