१० श्रावण २०८३, आइतबार | July 26, 2026

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र लीक प्रकरणमा संलग्न रहेको आरोपमा एक व्यक्तिको नाम सार्वजनिक गरेको छ।

सिआइबीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंह उक्त घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले आशंकाका आधारमा दुईदेखि तीन जनासम्मलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर उनीहरूको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरूलाई रिहा गरिएको सिआइबीले जनाएको छ।

गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

अनुसन्धानका अनुसार ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको थियो। त्यसलगत्तै प्रश्नपत्र सामाजिक सञ्जालका विभिन्न माध्यमबाट व्यापक रूपमा फैलिएको थियो।

प्रश्नपत्र बाहिरिएको विषयमा ‘TU Students’ नामक फेसबुक पेजले सम्बन्धित ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो। त्यसपछि घटनाबारे व्यापक चासो बढेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो।

सिआइबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : १९ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल