२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा थप



बुटवल । असोज ४ गतेसम्मका लागि रुपन्देहीमा निषेधाज्ञा अवधि थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ ।

यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको छ ।

होटलहरुमा टेक अबे बाहेकका सेवा बन्द रहने जनाइएको छ । सभा गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहनेछन् ।

अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।

यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार जारी गरेको आदेश अनुसार सोमबार बिहान ६ बजेदेखि जोर नम्बर हुने जोर बार र बिजोर नम्बर हुने निजी गाडी बिजोर बार चलाउन अनुमति दिएको हो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ७ : ५४ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर