२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

लुम्बिनी विकास कोषद्वारा कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग



भैरहवा । लुम्बिनी विकास कोषले एक हप्ता अगाडी निधन भएका लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य अमिरिका प्रसाद कोहोरको परिवारलाई एक लाख एक हजार सहयोग प्रदान गरेको छ ।

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका सस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइले स्वर्गिय कोहारको घर पडरियामै पुगी उनको परिवारलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।

लुम्बिनीदेखि दक्षिणमा रहेको उनको घरमा पुगी लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका भट्टराइले शोकाकुल परिवारमा समबेदना समेत व्यक्त गर्दै भने, ‘यो दुखको घडीमा नेपाल सरकार, लुम्बिनी विकास कोष तपाईहरुको साथमा छ । ’

मन्त्री भट्टराइले अमिरिकाले लुम्बिनी क्षेत्रको विकासमा पुराएको योगदान उल्लेखनीय भएको समेत बताए । कोषका कार्यकारणी सदस्य रहेका अमिरिकाको हृदयघातको कारण ५५ बर्षको उमेर भदौं २३ गते राति निधन भएको थियो ।

विक्रम सम्बत २०२३ साल चैत्र ३ गते लुम्बिनीको पडरीयामा जन्मीएका अमिरिका २०६६ सालमा ५ बर्ष सम्म कोषको कार्यकारणी सदस्यको रुपमा लुम्बिनीको विकासमा सक्रिय थिए । यसैगरी उनी २०७३ सालदेखि पुनः दोस्रो कार्यकालको रुपमा कोषमा सक्रिय थिए । कोहार नेपाली कांग्रेस रुपन्देहीको पुर्व जिल्ला उपभासभापति समेत थिए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : २१ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर