१८ आश्विन २०८३, आइतबार | October 4, 2026

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र मुलुकको मुहार परिवर्तनका लागि नेपाली कांग्रेससँग फेरि सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै पोखरेलले कांग्रेस र एमालेले विगतमा राणा शासन, पञ्चायती व्यवस्था र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध मिलेर संघर्ष गरेको स्मरण गरे । उनले अहिले पनि लोकतन्त्रको रक्षा र देशको विकासका लागि दुई दलबीच सहकार्य आवश्यक रहेको बताए ।

‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्रको शासनमा हामी मिलेर लडेका हौँ । अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ ।’

पोखरेलले कांग्रेस सभापति गगनकुमार थापासँग आफ्नो पुरानो राजनीतिक सहकार्यको स्मरण गर्दै उनको नेतृत्वलाई सकारात्मक रूपमा लिएको बताए । त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू गणतन्त्र स्थापनाको आन्दोलनमा सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको टिप्पणी गरे ।

उनले कांग्रेसको १५औँ महाधिवेशनबाट थापा सिंगो पार्टीको स्वीकार्य सभापतिका रूपमा स्थापित हुने विश्वाससमेत व्यक्त गरे ।

‘१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु,’ पोखरेलले भने ।

महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति भने गम्भीर असन्तुष्टि जनाए । सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ अघि बढ्न खोजेको उनको आरोप थियो ।

राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निरन्तर प्रयास गरे पनि सरकारका तर्फबाट त्यसअनुसारको पहल हुन नसकेको उनले बताए ।

‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन, नागरिकसँग संवाद गर्दैन,’ उनले भने ।

प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको संसदीय दल र संसद्को आवाजसमेत नसुनेको आरोप लगाउँदै पोखरेलले यस्तो अवस्थाले लोकतन्त्रको भविष्यमाथि प्रश्न खडा गरेको बताए ।

‘जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैँले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, संसद्लाई सुन्नुहुन्न, जनताको कुरा सुन्नुहुन्न । यस्तो अवस्थामा हामी लोकतन्त्रको भविष्यतर्फ अघि बढ्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ रु’ उनले प्रश्न गरे ।

सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्य नगर्ने हो भने भविष्यमा आइपर्ने प्राकृतिक विपद् तथा अन्य राष्ट्रिय संकटको सामना गर्नसमेत कठिन हुने उनको चिन्ता थियो ।

पोखरेलले युवाहरूमा निराशा बढ्न नदिन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए । युवाका सपना पूरा गर्ने र मुलुकमा रोजगारी तथा आर्थिक समृद्धिका अवसर सिर्जना गर्ने दायित्व सबै दलको साझा जिम्मेवारी भएको उनको भनाइ थियो ।

‘युवाहरूलाई निराश हुन दिनु हुँदैन । युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने ।

कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र अपेक्षासँग जोडिएका विषयलाई सम्बोधन गर्दै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि पोखरेलले व्यक्त गरे । सूचना प्रविधिको विकास र विस्तारमा कांग्रेस तथा एमालेले विगतमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : १३ बजे

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय