३० श्रावण २०८३, शनिबार | August 15, 2026

कोरोना कहरले मातृ मृत्यु दर बढ्यो, क्षयरोग पहिचान घट्यो



नेपालगन्ज । बाँकेमा स्वास्थ्यकर्मीहरुको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रित भएपछि मातृ मृत्यु दर बढ्नुका साथै क्षयरोगको पहिचानको परिमाण घटेको पाईएको छ ।

नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँकेले आइतबार नेपालगन्जमा आयोजनामा गरेको एक कार्यक्रममा जिल्लामा कोरोनाका कारण क्षयरोगी पहिचान २९ प्रतिशतले घटेको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेकी निमित्त प्रमुख सुनिता पौडेलले कोरोनाका कारण क्षयरोगी पहिचान प्रभावित भएको बताईन् ।

आर्थिक वर्ष २०७६/७७मा एक हजार दुई जना क्षयरोगी पहिचान गर्ने स्वास्थ्य कार्यालयले लक्ष्य राखेपनि आठ सय ५० जना मात्र पहिचान गर्न सकेको निमित्त प्रमुख पौडेलले बताईन् । उनले स्वास्थ्यको जनशक्ति कोभिड–१९ को रोकथाम र नियन्त्रणको अभियानमा फ्रन्टलाइनमा रहेर क्रियाशील भएकाले क्षयरोगी पहिचान पनि प्रभावित भएको स्पष्ट पारिन् ।

बाँकेमा आर्थिक वर्ष ०७७/७८को प्रारम्भको ४५ दिनमा मातृमृत्यु दर पनि बढेको छ । स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा परिचालन गर्नुपरेका कारण ४५ दिनमा ६ जना गर्भवती महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनले कोरोना कहरकै कारण चालु आर्थिक वर्षको शुरुको डेढ महिनामा मात्र ६ जना गर्भवती महिलाको ज्यान गएको जानकारी दिंदै कोरोना महामारीले मातृ मृत्यु दर बढेको बताइन् ।

कार्यक्रमका स्रोत व्यक्ति नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका पूर्वसभापति पूर्णलाल चुकेले विद्यमान क्षयरोग सम्बन्धि समस्या पहिचान गरेर सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट न्यूनिकरणको लागि सहयोग गर्न आग्रह गरे । उनले क्षयरोग मुक्त समाजको निर्माणका लागि सबैको योगदान आवश्यक रहेको बताए ।

नाटाका केन्द्रीय सदस्य सेमराज शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्नसक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि उपलब्ध गराउंदै आएको बताउंदै सरकारले दिएको क्षयरोगको सेवा लिन सरोकारवाला सबैलाई आग्रह गरे ।

नाटाका पूर्वसभापति चुकेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा पहिचान भएको क्षयरोगीको संख्या बाँके जिल्लामा ८५१ जना अर्थात् ८६.८ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा क्षयरोगीको संख्या २७० जना अर्थात् ८७.७ प्रतिशत रहेको छ । त्यस्तै आ.व. २०७५/०७६ मा पहिचान भएको क्षयरोगीको संख्या बाँके जिल्लामा ८०१ जना अर्थात् ९१.९ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा क्षयरोगीको संख्या २५२ जना अर्थात् ८४.१ प्रतिशत रहेको थियो ।

कार्यक्रम नाटा बाँके शाखाका उपसभापति बदरुद्दिन अन्सारीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  १० : ५३ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर