१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतद्वारा प्याज निर्यातमा फेरि प्रतिबन्ध, अभाव देखाउँदै नेपालमा बढ्यो भाउ



काठमाडौं । भारत सरकारले फेरि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

प्याज निर्यातमा प्रतिबन्ध लागेसँगै नेपालमा फेरि प्याज अभाव हुने देखिएको छ । नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई पुनः प्रभावित हुने भएको छ ।

काटिएको प्याज र पाउडरबाहेक अन्य सबै खाले प्याजको निर्यातमा तत्काल लागुहुनेगरी भारतले सोमबारदेखि प्रतिबन्ध लगाएको थियो ।

प्याजको घरेलु मागलाई पूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको भारत सरकारले जनाएको छ ।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयले एक सूचना जारी गर्दै विदेशी व्यापार (विकास एवं विनियमन) अधिनियम १९९२ सेक्सन ३ मा दिइएको अधिकार प्रयोग गर्दै सरकारले प्याजको निर्यात नीतिमा संशोधन गरेको हो ।

भारत सरकारको सूचनामा प्याजको सबै प्रकारको निर्यात तत्काल लागु हुने गरी रोक लगाइएको छ ।

भारतले गत वर्ष पनि यसै समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण नेपालमा प्याज अभाव देखिएको थियो भने प्याजको मूल्य अत्याधिक बढेको थियो ।

त्यसो त, भारतमा प्याजको मूल्य बढेने वित्तिकै त्यसको मारमा नेपाली उपभोक्ता पर्ने गरेका छन् । भारतको राजधानी दिल्लीमा प्याजको मूल्य बढेर ३५ देखि ४० रुपैयाँ भारु पुगेको छ ।

प्याज लगायत तरकारी उत्पादनको ठूलो सम्भावना भएपनि नेपालमा व्यवसायीक तरकारी खेतीमा न त किसानले ध्यान पुर्याउन सकेका छन् न त राज्यले नै प्याजमा आत्मनिर्भर हुनेगरी योजना बनाएको छ । जसका कारण आफ्नो खेतबारी बाँझो छोड्दै तर विदेशबाट उच्च दरमा तरकारी र फलफूल आयात गर्ने प्रवृति निरन्तर जारी छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ८ : ३७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान