११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कुलमान घिसिङको विदाई वक्तव्य : ‘सुखी नेपाली समृद्ध नेपाल’को सारथी बन्न पाउँदा खुशी लागेको छ’



काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट आज बिदाई भएर गएका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानको सारथी बन्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन् ।

आफ्नो पदावधि सकिएर बिदाई भएर जानु अघि विदाई वक्तव्य प्रकाशित गर्दै घिसिङले आफ्नो चार वर्षे कार्यकालको सबैभन्दा बढी समय बिताएको (करिव साढे दुई वर्ष ) वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको नेतृत्वमा व्यतित भएको स्मरण गरेका छन् । उनले वक्तव्यमा भनेका छन् “‘समृद्ध नेपाल सुखी नेपाली’बनाउने अभियानको सारथी वन्न पाउँदा अत्यन्त खुशी लागेको छ ।”

निर्देशक घिसिङले आफुलाई उज्यालो नेपालको अवसर दिने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन उर्जामन्त्री जनार्दन शर्मालाई पनि बिदाई वक्तव्यमा सम्झेका छन् । प्रचण्डको प्रधान्मन्त्रीकालमा आफुलाई अवसर दिएर प्राधिकरणको विकासमा आफुले केहि गर्न सकेकोमा आफुलाई गर्व महशुस भएको उनले उल्लेख गरेका छन् ।

सरकारले घिसिङलाई २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा नियुक्ति भए लगत्तै घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचार्इं मन्त्रालयसँग प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गर्ने गरी कार्यसम्पादन सम्झौता समेत गरेका थिए ।

उनले वक्तव्यमा ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव २०७३७४मा ८८दशमलव १९, आव ७४÷७५मा ८७ दशमलव ९८, आव ०७५र७६मा ८६ दशमलव ८२ र आव२०७६र७७ मा ८७दशमलव ५५ प्रतिशत प्राप्त भएको उल्लेख गरेका छन् ।

“मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षातको समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो”, उनले वक्तव्यमा भनेका छन् , “प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो ।प्राधिकरणको आव २०७२र७३सम्ममा संचित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो भने सोहीवर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालि लाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५ दशमवल ७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्यजिम्मेवारी पनि लोडसेडिङको अन्त्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो । ”

उनले वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मी पूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न सफल भएको जनाएका छन् । त्यसैको निरन्तरतास्वरुप पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ अभियान थालिएको घिसिङले जिकिर गरेका छन् । वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको वक्तव्यमा उल्लेख गरेका छन् ।

घिसिङले जाँदाजाँदै प्रधानमन्त्री, ऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, कर्मचारी र आम उपभोक्ताको साथ र सहयोगमा सम्झदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफलभएको बिदाई वक्तव्यमा उल्लेख गरेका छन् ।

घिसिङले थप लेखेका छन्, “मैले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वर्षमा नाफा बढेर ११अर्व ५ करोड रुपैयाँ पुगेको छ ।”

घिसिङले कुनै बला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुदनाफा कमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफल भएको दाबी समेत गरेका छन् ।

उनले ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको उल्लेख गर्दै वक्तव्यमा चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा आव०७६÷७७ मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएको बताएका छन् ।

घिसिङले प्रकाशित गरेको वक्तव्यका अनुसार देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन् । अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत उर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३० दशमवल ७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।

चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुक भित्रको कूल विद्युत खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको थियो । तर,विद्युत खपत करिव ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६÷७७मा कूल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ भने आयातको ६ प्रतिशत विद्युत निर्यात गरिएको छ । अर्को आवबाट नेपाल विद्युतमा आत्मनिर्भर हुनछ ।

सरकारको नीति तथा कार्यक्रम अनुसार प्राधिकरणले इतिहासमा पहिलो पटक उपभोक्ताको महशुल घटाएको छ । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निःशुल्कर न्युनतम शुल्क ३० रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । समग्रमा ग्राहस्थ उपभोक्ताको महशुलकरिव ८—९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल हटाइएको छ । सामुदायिक खानेपानी, सिंचाई तथा चार्जिङ स्टेसनको महशुल घटेको छ । यस्ले गर्दा विद्युतमाग बढ्ने अपेक्षा गरिएको छ । आगामी दिनमा अमेरिकी डलरमा विद्युत खरिद सम्झौता गरिएको खिम्ती–१ र स्वदेशी लगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदा ग्राहकको विद्युत महशुल अझ सस्तो गर्न सकिने छ ।

निवर्तमान कार्यकारी निर्देशक घिसिङले आयोजना निर्माणलाई तिब्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरणतर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको बताउँदै बक्तब्यमा नर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको उल्लेख गरेका छन् ।

उनले जुनसुकै कठिन परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्यसम्पादन गरी व्यस्थापनको हरेक क्रियाकलापमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक धन्यवाद समेत दिएका छन् । उनले आफ्नो कार्यकालमा कार्यकालमा ट्रेड यूनियनहरुको भूमिका अत्यन्तै सकारात्मक र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आधिकारिक तथा क्रियाशील ट्रेड यूनियनहरुलाई हार्दिक धन्यवाद पनि दिएका छन् ।

उनले आफ्नो बिदार्इ वक्तव्यको अन्त्यमा प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पुर्याउने सञ्चार गृह तथा पत्रकारलाई विशेष धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ६ : १२ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको