७ आश्विन २०८३, बुधबार | September 23, 2026

आन्तरिक हवाई उडान र लामो दूरीको यातायात असोज १ गतेबाटै सञ्चालन, होटल रेष्टुरेन्ट समेत खुला



काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाटै हवाई सेवा एवं लामो दूरीको यातायात संचालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना उडान र यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

मन्त्री ज्ञवालीले त्यसका लागि यातायात व्यवसायीले बसमा ५० प्रतिशत मात्र यात्रु राख्न पाउने तर ५० प्रतिशत थप भाडा लिन पाउने जनाए । बसको एक लहरको सिटमा एक जनालाई मात्र राख्न पाइनेछ ।

यसैगरी आन्तरिक हवाईं उडान सञ्चालन गर्दा विमानमा पनि सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने, यात्रुले मास्क र भाइजर लगाउनुपर्ने एवं सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी सरकारले होटल र रेष्टुरेन्टहरु पनि असोज १ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

तर, संक्रमणको जोखिम बढेको अवस्था भने स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई