४ पुस २०८२, शुक्रबार | December 20, 2025

आन्तरिक हवाई उडान र लामो दूरीको यातायात असोज १ गतेबाटै सञ्चालन, होटल रेष्टुरेन्ट समेत खुला



काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाटै हवाई सेवा एवं लामो दूरीको यातायात संचालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना उडान र यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

मन्त्री ज्ञवालीले त्यसका लागि यातायात व्यवसायीले बसमा ५० प्रतिशत मात्र यात्रु राख्न पाउने तर ५० प्रतिशत थप भाडा लिन पाउने जनाए । बसको एक लहरको सिटमा एक जनालाई मात्र राख्न पाइनेछ ।

यसैगरी आन्तरिक हवाईं उडान सञ्चालन गर्दा विमानमा पनि सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने, यात्रुले मास्क र भाइजर लगाउनुपर्ने एवं सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी सरकारले होटल र रेष्टुरेन्टहरु पनि असोज १ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

तर, संक्रमणको जोखिम बढेको अवस्था भने स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको