२३ चैत्र २०८२, सोमबार | April 6, 2026

वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प



काठमाडौं । वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग बाहेकका अरु आयोजनामा काम अघि बढेको छैन । निर्माणाधीन योजनासँगै निर्माण शुरु गर्ने भनिएका आयोजनासमेत अहिले निर्माण शुरु हुने अवस्थामा छैनन् ।

बुटवल–पोखरा सडक विस्तार, नागढुङ्गा मुग्लिन सडक र सोही स्थानमा त्रिशूली पारिपट्टि बनाइँदै गरेको सडक, गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेसी सडकलगायत आयोजनमा यसको प्रभाव देखिएको छ ।

यीमध्ये कतिपयमा निर्माण ठप्प र कतिपय कछुवा गतिमा अघि बढेको सडक विभागका सहायकता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

उनले भने, “सबै योजनामा यथास्थितिमा नै निर्माण ठप्प छ ।” काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न योजनामा वैदेशिक लगानी सुनिश्चित भए पनि कोभिड–१९ कै कारण अघि बढ्न नसकेको पाइन्छ ।”

चक्रपथको पहिलो चरणका रुपमा कोटेश्वर–कलङ्की सडक निर्माण गरेको चीन सरकारले दोस्रो खण्डको पनि विस्तार गर्ने जनाएको थियो । निर्माणस्थल खाली भइसके पनि चिनियाँ टोली आइसकेको छैन ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटी र नयाँ बानेश्वर चोकमा फ्लाई ओभर निर्माण गर्ने गरी छलफल भएको थियो ।

विगतका वर्षदेखि नै जाइकाले सो स्थानमा ‘फ्लाई ओभर’ निर्माण गर्न चाहेको थियो । तत्काल कुनै पनि योजना अघि बढ्ने अवस्था नभएको प्रमुख थापाले बताउनुभयो । उनले भने, “अवस्था सामान्य नहुँदासम्म उनीहरु आएर काम शुरु गर्ने देखिँदैन ।”

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १ : ४२ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।