१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२४ घण्टामा ८ जनाको मृत्यु, कोरोना संक्रमणबाट हालसम्म ३७९ जनाको गयो ज्यान



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जिल्लाका ८ जनाको मृत्यु भएको हो ।

जसमध्ये ४ जना महिला र ४ जना पुरुष रहेको मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो कोरोना विवरणमा जनाइएको छ ।

काठमाडौंमा ७१ र ७४ वर्षीया २ जना महिलालले ज्यान गुमाएका छन् । यस्तै, काभ्रेपलाञ्चोकका ५५ वर्षीया महिला र बाराका ४६ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी, सुनसरीका ७० वर्षीय, सप्तरीका३५ वर्षीय, काभ्रेका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ०९ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित