१५ माघ २०८२, बिहिबार | January 29, 2026

घटना भएको २३ वर्ष पछि फरार अभियुक्त पक्राउ



नेपालगन्ज । २३ वर्ष पहिले गोली प्रहार गरि ब्यक्ति हत्या गरेर फरार रहेका एकजना फरार अभियुक्तलाई २३ वर्ष पछि बाँके प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको साविक रनियापुर हाल खजुरा गाँउापालिका ८ का नुर सलाम खाँलाई गोली प्रहार गरि हत्या गरेर फरार रहेका आजाद खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

२०५४ साल चैत्र ७ गते तत्कालिन रनियापुर गाँउ बिकास समितिको चमकदारपुरमा १९ वर्षिय नुर सलाम खाँको गाली प्रहारबाट ज्यान गएको थियो । गाली प्रहारबाट घाईते भएका नुर सलामको घाँटी रेटेर हत्या गरिएको थियो । तत्काल हत्यालाई राजनितिक रङ्ग दिन खोजिएपनि मृतकको परिवारको किटानी उजुरीका आधारमा प्रहरीले आजाद खाँ बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो ।

फरार अभियुक्त घरमा आएको गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय धनौलीको टोलीले घरमा छापा हानी आजाद खाँलाई पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

प्रहरीले चलाएको कर्तव्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले २०७२असोज १७ गते २० वर्ष कैद सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  १० : ०० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण