१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

जब मन्त्री नै प्याजमा ठगिए…..



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन् । उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए ।

व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन् । व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए । उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो । साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन् ।

अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो । बल्खु बजारको थोक बिक्रेता एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले सुनाए ।

ओझाका अनुसार प्याज लुकाउन प्रयोग गरिएको एक थान पिकअप भ्यान पनि नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको छ । बल्खु बजारकै २ पसलबाट २ सय ४० बोरा प्याज सिल गरिएको थियो । मन्त्री भट्ट नेतृत्वको अनुगमन टोलीले थप कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको छ ।

विभागले पनि बुधबारै बल्खु बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बल्खु बजारका ४ व्यापारीसँग स्पष्टीकरण सोधिएको छ । यसअघि कालीमाटी बजारका ३ जना व्यापारीसँग मंगलबार स्पष्टीकरण सोधिएको थियो । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा परेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सोमबारदेखि सबै प्रकारको प्याज निर्यातमा रोक लगाएको हो । दक्षिण भारतमा ठूलो पानी परेका कारण उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएका कारण भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यात रोकेको हो । पानी परेका कारण भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायत स्थानका प्याजको उत्पादनमा असर पुगेको छ ।

नेपालमा खपत हुने प्याजको कुल मागमध्ये झन्डै ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । व्यापारीले अघिल्लो साता सस्तो मूल्यमा आयात गरेको प्याज अत्यधिक मूल्यमा बिक्री गर्न थालेका छन् । कालीमाटी तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले शनिबार ५४ रुपैयाँ प्रतिकिलो रहेको सुनाए ।

त्यसको थोक मूल्य आइतबार ५९, सोमबार ६० र मंगलबार ७५ रुपैयाँ कायम गरिएको थियो । खुद्रा पसलमा भने प्याज १ सयदेखि १ सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । नेपालमा ५ लाख मेट्रिक टन प्याजको माग छ । सरकारी दाबीअनुसार स्वदेशमा १ लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ७ : ३३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम