३१ श्रावण २०८३, आइतबार | August 16, 2026

चाडपर्वमा प्याज सधैं महँगो



काठमाडौं । भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो ।

हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो । २०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन ।

तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो । यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : ५९ बजे

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण