१० बैशाख २०८२, बुधबार | April 23, 2025

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने



काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो ।

सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा छन् । विरोधस्वरुप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ । तर आन्तरिक राजस्व विभागले भने आज एक सूचना जारी गर्दै आन्तरिक उत्पादनमा भ्याट नलाग्ने स्पष्ट पारेको छ ।

“आलु प्याजलगायत नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले बजारमा सहज आपूर्ति हुन नसकेको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति यस विभागको ध्यानाकर्षण भएको छ”, विभागको सूचनामा भनिएको छ, “आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपालको नीतिअनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज, तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यस सूचनाद्वारा जानकारी गराइन्छ ।”

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ४६ बजे

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा

तोलामा सात हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने

बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने