१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पूर्वी नवलपरासीमा १२ सहित गण्डकीमा थपिए २३ नयाँ संक्रमित



कावासोती । गण्डकी प्रदेशमा बिहीबार बिहान थप २३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये सबैभन्दा धेरै पूर्वी नवलपरासीका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार पूर्वी नवलपरासीमा १२ जना संक्रमित थपिएका हुन् ।

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पूर्वी नवलपरासीमा थपिएका संक्रमित सबैभन्दा धेरै गैडाकोट नगरपालिकाका रहेका छन । गैडाकोट नगरपालिका वडा नं १, २, ४, ८, १० र १३ का गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी जिल्लाकै मध्यविन्दुु र देवचुली नगरपालिकामा २/२ जनामा संक्रमण देखिएको छ । त्यस्तै कावासोती नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमै गरिएको परीक्षणमा तनहुँ आबुँखैरेनीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी पोखरास्थित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ४ जना, बागलुङका ४ जना र गोरखाका २ जनामा संक्रमण पुष्टित भएको छ ।

बागलुङको बागलुङ नगारपालिका वडा नं. ६,१० र १३ का ३ जना र तमानखोला १ का १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, गोरखाको अजिरकोट र बारपाक सुलिकोटका एक एक जना रहेका छन् ।

यससँगै गण्डकीमा कूल संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : ५१ बजे

अपर अरुण जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपर अरुण जलविद्युत् आयोजना

ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको

सिमलताल दुर्घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशुलीमा हरायो

चितवन । सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा

सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७

नेपालको जेठो अस्पताल भेरी अस्पताल स्थापनाको १३४ वर्ष पुरा : यस्तो छ अस्पतालको इतिहास

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जले आफ्नो स्थापनाको १३४ औं वार्षिकोत्सव