१८ आश्विन २०८३, आइतबार | October 4, 2026

ग्लोबल आवाज डटकमको कार्यालयमा ढुंगा प्रहार गरि आक्रमण



बुटवल । बुटवलबाट सञ्चालनमा रहेको अनलाईन पत्रिका ग्लोबल आवाजको कार्यालयमा अज्ञात ब्यक्तिले आक्रमण गरेका छन् । मध्यराती बुटवल ११ मा रहेको कार्यालयको समाचार शाखामा अज्ञात ब्यक्तिले ढुगा प्रहार गरि आक्रमण गरेका हुन् ।

ग्लोबल सञ्चार गृहले सञ्चालन गरेको ग्लोबल आवाज डटकमको समाचार कक्षमा प्रहार भएको ढुंगा सिसा फोडेर कार्यालय भित्र पुगेको छ । तेस्रो तलामा रहेको कार्यालयमा ठुलै ढुंगा प्रहार भएको र नियोजित प्रहार भएको अनलाईनका सम्पादक एनबी कंडेलले बताए ।

घटना प्रति नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले खेद ब्यक्त गरेका छन् । उनले बीच बजारमा रहेको सञ्चारगृहमा आक्रमण हुनु सामान्य बिषय नभएको बताए । घटनाको छानवीन गरि कारवाहीको दायरामा ल्याउन उपाध्यक्ष पाण्डेले माग गरे ।

घटनाको प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ९ : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति