१८ आश्विन २०८३, आइतबार | October 4, 2026

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुद्ध टेलिभिजनलाई



बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता-२०७७ को उपाधि बुद्ध सामुदायिक टेलिभिजनले प्राप्त गरेको छ ।

ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह-आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता-२०७७ मा रेडियो लुम्बिनीलाई ३-२ गोल अन्तरले पराजीत गर्दै बुद्ध टेलिभिजनले उपाधि प्राप्त गरेको हो ।

र्निधारित समयमा दुबै टिमबाट समान ३र३ गोल भएपछि बुद्ध टेलिभिजनले रेडियो लुम्बिनीलाई पोनाल्टीमा पराजीत गरेको हो । रोहित चौधरी, कमल थापा र दिनेश कुमार श्रेष्ठको निर्णायक एक गोलमा बिजयी भएको थियो ।

उपाधिसँगै बुद्ध टेलिभिजनले नगद रु १५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको भने उपविजेता बनेको रेडियो लुम्बिनीले नगद रु १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगितामा बुद्ध टेलिभिजनका बिक्रम खड्का उत्कृष्ट खेलाडी, बुटवल टुडेका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता र रेडियो लुम्बिनीका प्रकाश गौतमले उत्कृष्ट गोलकिप्परको उपाधि प्राप्त गरेका छन् भने राज्य टेलिभिजन अनुशासित टिम घोषित भई सम्मानित भएको छ ।

प्रतियोगिताका विजयीलाई पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल , निर्देशक श्रृष्टि अधिकारी, सह-प्रायोजक हाइलाइफ फुड्सका अध्यक्ष पंकज ज्ञवालीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ०६ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय