१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि बुद्ध टेलिभिजनलाई



बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता-२०७७ को उपाधि बुद्ध सामुदायिक टेलिभिजनले प्राप्त गरेको छ ।

ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह-आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता-२०७७ मा रेडियो लुम्बिनीलाई ३-२ गोल अन्तरले पराजीत गर्दै बुद्ध टेलिभिजनले उपाधि प्राप्त गरेको हो ।

र्निधारित समयमा दुबै टिमबाट समान ३र३ गोल भएपछि बुद्ध टेलिभिजनले रेडियो लुम्बिनीलाई पोनाल्टीमा पराजीत गरेको हो । रोहित चौधरी, कमल थापा र दिनेश कुमार श्रेष्ठको निर्णायक एक गोलमा बिजयी भएको थियो ।

उपाधिसँगै बुद्ध टेलिभिजनले नगद रु १५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको भने उपविजेता बनेको रेडियो लुम्बिनीले नगद रु १० हजार, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

त्यसैगरी प्रतियोगितामा बुद्ध टेलिभिजनका बिक्रम खड्का उत्कृष्ट खेलाडी, बुटवल टुडेका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ता र रेडियो लुम्बिनीका प्रकाश गौतमले उत्कृष्ट गोलकिप्परको उपाधि प्राप्त गरेका छन् भने राज्य टेलिभिजन अनुशासित टिम घोषित भई सम्मानित भएको छ ।

प्रतियोगिताका विजयीलाई पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक गौतम भुसाल , निर्देशक श्रृष्टि अधिकारी, सह-प्रायोजक हाइलाइफ फुड्सका अध्यक्ष पंकज ज्ञवालीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको औपचारिक समुद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ०६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग