१ चैत्र २०८२, आइतबार | March 15, 2026

वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न सरकारबाट राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालयले राष्ट्रपति समक्ष गौतमको मनोनय सिफारिसका लागि बुधबार पत्र पठाएको हो ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक कोटा बाँकी छ । सत्तारुढ नेकपाले गौतमलाई सोही पदमा मनोनयन गर्नुपर्ने निर्णय गर्दै सरकारलाई अनुरोध गरेको थियो ।

नेकपाको निर्णयअनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको हो । राष्ट्रपतिले मनोनित गरेपछि गौतमले राष्ट्रिय सभा अध्यक्षबाट सपथ ग्रहण गर्नेछन् । राष्ट्रपतिले गौतमलाई आजै मनोनयन गर्ने स्रोतले बताएको छ ।

पूर्व अर्थमन्त्री डा. युवाराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि सो पद गत फागुनदेखि नै रिक्त रहेको थियो । तर, नेकपाभित्रको आन्तरिक किचलोका कारण सरकारले सिफारिस गरेको थिएन ।

नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले सो पदमा गौतमलाई लैजानुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए । विवादकै कारण राष्ट्रियसभाको एक पद ६ महिनासम्म रिक्त रह्यो भने खतिवडा विना सांसद ६ महिनासम्म मन्त्री भए ।

 

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १० : १८ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो