१२ श्रावण २०८१, शनिबार | July 27, 2024

वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्न सरकारबाट राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालयले राष्ट्रपति समक्ष गौतमको मनोनय सिफारिसका लागि बुधबार पत्र पठाएको हो ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक कोटा बाँकी छ । सत्तारुढ नेकपाले गौतमलाई सोही पदमा मनोनयन गर्नुपर्ने निर्णय गर्दै सरकारलाई अनुरोध गरेको थियो ।

नेकपाको निर्णयअनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको हो । राष्ट्रपतिले मनोनित गरेपछि गौतमले राष्ट्रिय सभा अध्यक्षबाट सपथ ग्रहण गर्नेछन् । राष्ट्रपतिले गौतमलाई आजै मनोनयन गर्ने स्रोतले बताएको छ ।

पूर्व अर्थमन्त्री डा. युवाराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि सो पद गत फागुनदेखि नै रिक्त रहेको थियो । तर, नेकपाभित्रको आन्तरिक किचलोका कारण सरकारले सिफारिस गरेको थिएन ।

नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले सो पदमा गौतमलाई लैजानुपर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए । विवादकै कारण राष्ट्रियसभाको एक पद ६ महिनासम्म रिक्त रह्यो भने खतिवडा विना सांसद ६ महिनासम्म मन्त्री भए ।

 

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १० : १८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्