१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुपन्देहीको देवदहको क्वारेन्टिनमा एकजनाले गरे आत्महत्या



बुटवल । रुपन्देहीमा क्वारेन्टिमा बसिरहेका १ जनालाई आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका हुन् ।

देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिमा स्थानीय २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले पुष्टि गरेका छन् ।

गत भाद्र १७ गते भारतबाट आएका उनी १३ दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनबाट घर जान १ दिन मात्र बाँकी रहंदा उनले क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेका छन् ।

पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिए पनि उनको पीसीआर रिपोर्ट अझै आएको छैन । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाएर एकजनाले आत्मदाह गरेका थिए । आत्महत्याको कारण खुल्न नसकेको नगर प्रमुख केसीले बताए ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : ४५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान