१२ बैशाख २०८१, बुधबार | April 25, 2024

एनआईसी एशिया बैंकको अर्को योजना; असोज मसान्तसम्मको साँवा व्याज रकम चुक्ता गर्नेलाई ८.९९प्रतिशत व्याजदर



काठमाडौं । कोरोना भाइरसका कारण संकटमा परेका ग्राहकलाई राहत दिने उद्देश्यले एनआईसी एशिया बैंकले पुनः आकर्षक सहुलितय योजना ल्याएको छ ।

यो योजनामा भाखा नाघेका कर्जाको २०७७ असोज मसान्तसम्मको साँवा तथा व्याज रकम चुक्ता भुक्तान गरेमा ८ दशमलव ९९ प्रतिशत व्याजदर नै कायम हुनेछ ।

बैंकले भनेको छ, ‘२०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिनेछ ।’

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरुले यो योजनामा सहभागी भई लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि मुलुकको बैंकिङ्ग इतिहासमै पहिलो पटक कर्जामा आकर्षक छुटको व्यवस्था गरेको दाबी गरेको छ । यस योजनाले कोरोना भाइरसबाट आक्रान्त देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी आम ग्राहक महानुभावहरूको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।

बैंकले विज्ञप्तिमा भनेको छ, ‘नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस ब्याज सहुलियत योजना अनुसार चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आश्विन मसान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाइदा उठाउन सक्नुहुनेछ ।’

बैंकले यसअघि समेत ग्राहक महानुभावहरूको बृहत्तर हितको रक्षा गर्नका निमित्त ब्याज सहुलियतका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेको छ

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ५ : ३८ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको