३ पुस २०८२, बिहिबार | December 18, 2025

भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार बेलुका सवा ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवै फोक्सोमा निमोनिया भएका उनको बुधबार रातिदेखि भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । ती पुरुष अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : १२ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा